logo
  • शुक्रबार, असोज ३० २०८३

रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


  • आइतबार, असार ३१ २०८०

३१ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए ।

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल गरिरहँदा त्यो प्रस्ताव पेशको निर्णयार्थ सम्माननीय सभामुख महोदयबाट प्रस्तुत भएन, त्यसो नहुँदाखेरि हामी जुन विधिमा थियौं, त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसदको कारबाही हामी अगाडि बढाउने तयारीमा थियाौं । तर सम्माननीय सभामुखज्यूबाट त्यो निर्णयार्थ प्रस्तुत भएन त्यसर्थ अहिलेको काम कारबाहीप्रति हाम्रो घोर आपत्ति छ’, उनले भने ।

तर सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

रास्वपा सांसदहरुले  सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend