logo
  • शुक्रबार, असोज ३० २०८३

खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीद्धरा सिमानाका हुने अवैध सामानको रोक्न माग 


  • मंगलबार, कार्तिक १४ २०८०

बुटवल ,कार्तिक  १४
खुद्रा किराना व्यवसायी सङ्घ, बुटवल रुपन्देहीद्धरा सीमा नाकामा अवैध व्यापार रोक्न माग गरेको छ ।
भारतको सिमानामा हुने अवैध व्यापार चोरी निकासीका कारण विशेष गरेर रुपन्देहीमा दर्ता भएका साना पसलहरू मार परेको भन्दै  आज भैरहवा भन्सार कार्यालय  प्रमुख र  जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा केही समय सीमा क्षेत्रमा कडाइ भए पनि पछि समय विजय दशमी, शुभ दीपावली र छठका विवाह  वतवन्ध जस्ता कार्यको नाममा दैनिक उपभोग्य वस्तुको अवैध व्यापार यस क्षेत्रका उपभोक्तहरु सुनौली बजारमा जाने गतिविधिका कारण हामी र हाम्रा व्यवसायीहरू अत्यन्तै मारमा खुद्रा किराना व्यवसायी सङ्घ, बुटवल रुपन्देहीले  उल्लेख गरेको छ ।चाडपर्व लक्षित गरेर व्यवसायीले गरेको खाद्य सामाग्री खरिद फेरी आम उपभोक्ता चाड पर्वको सामान खरिद गर्ने सुनौलीको बजार तय गरे पनि त्यो सामान जस्ताको तस्तै विक्री नभएर अवस्था देखाएको छ ।  व्यवसायहरू खुला सिमाना र खुल्ला सिमाना कारण हुने यस किसिमको गतिविधि रोकथाम तथा नियन्त्रण गर्न आवश्यकता देखिएकोले सम्बन्धित निकायको ध्यान जानु  पर्ने अध्यक्ष मोहन प्रसाद बस्यालले बताए । ज्ञापन पत्र बुझाउन  अध्यक्ष बस्याल , सल्लाहकार ज्ञान प्रसाद न्यौपाने , उपाध्यक्ष राधा भुसाल , महेन्द्र  भुसाल , लगायतको  उपस्थित रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend