logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल उद्योग वाणिज्य सङ्घको पदाधिकारीमा सबै भन्दा फराकिलो मतान्तरसाथ खनाल विजयी  


  • मंगलबार, असोज २३ २०८०

बुटवल  २३ असोज २
बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घको आज नयाँ नेतृत्व चयन  भएको छ ।  सङ्घको २५ औँ अधिवेशन अन्तरगत भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै हरिप्रसाद  अर्याल प्यानलसहित निर्वाचित भएका हुन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।जसमा अर्यालले ७७६ र श्रेष्ठले ६८८ मत प्राप्त गरेका छन्।
९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे बाहेक अर्याल प्यानलकै उम्मेदवारले जितेका छन् ।
अर्याल सङ्घका पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमिति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
यस पटकको  निर्वाचनमा  सबै धेरै मत अन्तर पारेर   सह कोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई  ठुलो अन्तर पारेर पराजित गरिन् खनालले ८३० मत ल्याउँदा जाकिरले ६ ३३ ल्याएका थिए ।१९९ मतको फराकीलो अन्तर रहेको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घमा यो  मतको अन्तर सबै धेरै रहेको छ ।  बुटवल उद्योग वाणिज्य सङ्घको इतिहास पहिलो पटक महिला पदाधिकारी रूपमा  खनाल पुगेको हुन्
त्यस पनि सबै भन्दा धेरै मत ल्याउँदा उनको  नेतृत्व क्षमताको  उद्योगी व्यापारी क्षेत्र चर्चा चलिएको छ । न्यु आर बि सप्लायर्स बुटवल ९ कालिका पथकी  प्रोप्राइटर धन कुमारी खनाल ९सविता ० बुटवल उद्योग वाणिज्य सङ्घमा २०६८ देखि दुई कार्यकाल सदस्य ,  महिला उद्योगी सल्लाहकार  रूपमा काम गरेको अनुभव रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ  प्रदेश ५ को महिला समिति सदस्य भएका  काम गरेकी थिइन् ।    बुटवलका  विभिन्न सामाजिक सङ्घ संस्थामा जोडिएर काम गरेकी  कारणले अहिले  आफूलाई  मतदाताले रुचाएको बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend