logo
  • शुक्रबार, असोज ३० २०८३

जैविक खेती अभियन्ता डा भुसाल सम्मानित


  • शुक्रबार, असोज १९ २०८०

बुटवल , असोज

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १२ मा रहेको मक्रहर गुणस्तरीय बिउ उत्पादन  कृषक समूहले  जैविक खेतीका अभियन्ता डा दामोदर भुसाललाई सम्मान गरेको छ ।

समूहको  चौथो साधारण सभाको अवसर पारेर आयोजित  कार्यक्रममा पछिल्लो पटक  जैविक खेती अभियन्ताको परिचय बनाएका डा  दामोदर भुसाललाई  जैविक खेती  प्रवर्द्धन र व्यवसायीक रुपमा जैविक खेती सञ्चालन गरी महत्पूर्ण योगदान गरेको भन्दै  तिलोत्तमा नगरपालिकी उपमेयर जगेश्वरी देवी चौधरीले सम्मान पत्र प्रदान गरेकी हुन् ।

भुसाल नेपालमा रहेको गरिबी र विपन्नताको जड पोषण अज्ञानताको कारण भएको मान्यता राख्छन् ।  उनले २०६८ सालमा नेपालमै पहिलो पटक गुल्मी जिल्ला विकास समितिको बार्षिक कार्यक्रमको मार्फत पोषणका लागि खेती कार्यक्रम  अगाडि सारेका थिए ।  उक्त कार्यक्रमको निरन्तर स्वरूप गुल्मी जिल्लामा घर घरमा करेसावारी अभियान चलाएका थिए ।

सोही अभियानको प्रभावले यतिखेर, गुल्मी जिल्लाको परिचय नै बदलियको छ, गुल्मी जिल्लाले, अहिले तरकारी नियार्त गर्ने जिल्लाको रूपमा परिचय बनाएको छ। उनी यतिखेर हरित आर्थिक विकासको नाममा जैविक खेती  प्रवर्धनको काममा तल्लीन छन्। उद्यमशिल टोल विकास संस्थाको साथमा टोललाई जैविक खेतीको क्षेत्रको रूपमा विकास गर्दै छन् ।

यतिखेर टोलले घर अगाडि फुलवारी घरपछाडि करेसावारी साथैमा मौरी घारी, जैविक तरकारी खेती, धान खेतमा हाँस/माछा पालन जस्ता कार्यहरूको प्रबिधि प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि व्यवासायिक उत्पादनका लागि नागरिकहरु  अगाडि बढेको छ।

यसकालागि रुपन्देही जिल्लाका पशुसेवा विज्ञ केन्द्र , कृषि ज्ञान केन्द्रले आर्थिक एवम् प्राविधिक सहयोग गरेको थियो भने आगामी कार्यक्रमहरुमा तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ। उनको उक्त अभियानसँग तिलोत्तमाका अन्य वडाका कृषक समूहहरु पनि जोडिदै छन् । गुल्मीमा जन्मेका भुसालले चीनबाट अर्थशास्त्रमा पि एच डी गरेका छन् ।  भुसाललाई अभियानमा थप क्रियाशील हुन् प्रेरणा दिनको लागि सम्मान गरेको मक्रहर गुणस्तरीय बिउ उत्पादन कृषक समूहका अध्यक्ष कृष्ण प्रसाद पौडेलले  बताए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend