असोज , ०८
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। बिहीबारदेखि शुरु बैठकले सोमबारे महासमिति बैठकको तयारी समिति गठन गरेको छ ।
जस अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।
महासमिति बैठकका लागि आवश्यकताअनुसार थपि समिति बनाउने अधिकार सभापतिले बैठकले दिएको महामन्त्री गगन थापाले बताए । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ
साउन पहिलो साता बसेको बैठकले सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएकोबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संविधान कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा अविलम्ब गर्ने कांग्रेस बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै प्रदेशहरुमा मन्त्रालय नबढाउन निर्देशन गर्ने निर्णय भएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend