२९ असार, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।
‘समावेशीताको आधारमा केन्द्रीय सदस्य थप्दा रास्वपाका सांसद सहित अन्य व्यक्तिहरु पनि थपिने छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘क्रमशः केन्द्रीय सदस्यको संख्या बढाउँछौं ।’
आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ । केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पार्टीको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी गरिएको छ । त्यसका लागि १७ जनाको टोलीले काम गरिरहेको छ । रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ ।
केन्द्रीय समिति बैठक साउन बोलाउने तयारी गरिएपनि दिन भने तय भएको छैन ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend