बुटवल , भदै २५ ।
मौलिक धर्म संस्कृतिको रक्षा गरौँ। विकृति र विसङ्गतिलाई निरुत्साहित गरौँ।।“भन्ने मूल नाराका साथ रेसुङ्गा–४गुल्मी रुपन्देही सम्पर्क समाज द्वारा आयोजित तीज मिलन तथा दर खाने सम्पन्न गरेको छ ।
रुपन्देहीको तिलोत्तमा–२ बनवाटिकमा रेसुङ्गाबाट रुपन्देही आएका विभिन्न व्यक्तिहरूको उपस्थितिका कार्यक्रम सम्पन्न गरेको सम्पर्क समाजले जनाएको छ ।
संस्थाका अध्यक्ष ओमप्रकाश गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्य पन्थीले गरेका थिए ।
कार्यक्रममा रेसुङ्गाका नगरपालिका मेयरका स्वकीय सचिव कृष्ण प्रसाद पाण्डे, ९८वर्षीय डिमकला पन्थी,पूर्व जनप्रतिनिधि दधिराम गौतम लगायत रेसुङ्गा ४ जन्म भई रुपन्देहीमा रोजगार,व्यापार,व्यवसाय अध्ययन गर्नेहरूको सहभागिता रहेको सचिव पन्थीले बताए । सो अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।

© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend