logo
  • शुक्रबार, असोज ३० २०८३

प्रधानमन्त्रीले एमसिसिबारे सबैलाई जानकारी गराउनुपर्छ ः नेपाल 


  • मंगलबार, भाद्र १२ २०८०

बुटवल, १२ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीमा पछिल्लो १२ बुँदे सहमति अनुसार लागू पर्नु बताए । उनले लागू गर्दा केही अनुचित कुराहरू बाँकी रहे सता रहेका दल , मोर्चा दल र नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन् । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए । नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणी मार्फत एमसिसी पास गरेको भन्दै त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए । उनले ‘एमसिसी यथावत् पास हुने अवस्थामा पुगेकाले सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेको भन्दै कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु नसकिने बताए । नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरू कसैको हस्तक्षेप स्विकार्न नसकिने पनि नेपालको भनाइ छ । उनले मार्चले नेपाली हितमा काम गर्ने भएकोले धेरै शङ्का नगर्न आग्रह गर्दै यहाँ बुटवलमा तेस्रो कार्यक्रम भएको बताए । यस अघि काठमाडौँ , वीरगन्ज भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend