बुटवल भदै ९।
बुटवल महानगरपालिका वार्ड ११ देवीनगरस्थित नवीन औद्योगिक कद्दर बहादुर रितामा बि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई आज एक कार्यक्रम गरी स्वागत गरेका छन् ।
बुटवलको रामनगरमास्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै बुटवल नगरपालिका प्रमुख खेलराज पाण्डेले नवीन औद्योगिक कद्दर बहादुर रिता माविले सामुदायिक विद्यालय तर्फ राष्ट्रकै नमुना रूपमा परिचाहन बनाएकोले यो विद्यालय बुटवलकोबासीको गौरव रहेको बताए ।
उनले यो विद्यालयका राम्रा अभ्यास र सिकाइहरू अन्य सामुदायिक तथा निजी विद्यालयहरूले पनि सिक्नुपर्ने बताए ।
कक्षा १२ की विद्यार्थी आकृत पन्थीको अध्यक्षता भएको कार्यक्रममा शिक्षा समन्वयन इकाई रुपन्देहीका प्रमुख रमाकान्त पौडेल, परीक्षा बोर्डका प्रमुख बाबुराम भण्डारी,नगरपालिका शिक्षा अधिकृत कपिला ज्ञवाली, विद्यालयका कानुन सङ्काय इन्चार्ज लोकप्रसाद खरेल, साहायक प्रअ अर्जुन खनाल लगायत बोल्दै नवीन विद्यालयको सबैको गौरव भएकोले यसलाई थप प्रगतिमा लैजानको लागि आ आफ्नो ठाउँबाट मद्दत गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल विद्यालयकोस्तर माथि पुराउनको लागि समुदाय ,शिक्षक ,विद्यार्थी सबैको भूमिका महत्पुर्ण हुने भएकोले थप सकारात्मक रूपमा सहयोग गर्न आग्रह गरे । विद्यालयका प्र अ प्रेमबहादुर बस्नेतले विद्यार्थीहरूको आकर्षण धेरै हुँदा चाहेर पनि सबैलाई भर्ना गर्न नसकिएको बताउँदै भौतिक संरचना वृद्धि गर्नको स्थानीय,प्रदेश र सङ्घ सरकारले सहयोग गर्नुपर्ने माग राखे ।कार्यक्रममा कक्षा १२ का विद्यार्थी बसन्ती ढकाल र धन्यावाद चौधरीले सञ्चालन भएको थियो । सो अवसरमा स्वागत मन्तव्य स्यनेहा भुसाल र अनिता शाही गरेका थिए । कार्यक्रममा विद्यालय उकृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूले आफ्नो कला समेत प्रदर्शन गरेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend