बुटवल , माघ २
मगरहरूको राष्ट्रिय सांस्कृतिक पर्व माघे सकराटी पर्वको पावन अवसरमा नेपाल मगर शाखा युएईले आयोजना गरेको विशेष सांस्कृतिक पर्व भव्य रूपमा मनाइएको छ।
नेमस शाखा युएई का अध्यक्ष नयन घर्ती मगरको सभापतित्वमा भएको प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष विक्रम लिम्बूले मगरहरूको एकताको बारे खुलेरै प्रशंसा गर्दै जातीय एकता जातीय पहिचान हाम्रो कला संस्कृति भेषभुसा जोगाइराख्नु पर्ने बताए ।
कार्यक्रम संयोजक नेमस शाखा युएईका वरिष्ठ उपाध्यक्ष विष्णु राना मगर स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेमस शाखा युएई दुबई क्षेत्रीय समितिका अध्यक्ष नरजित राना मगर, नेपाल देखि गएका मगर पत्रकार सङ्घका सचिव याम गाहा मगर , नेपाल मगर सङ्घ शाखा युएईका प्रमुख संरक्षक टक थापा मगर माघे सकराटीको महत्त्व , मगर समुदायको एकता र हर्दिकता विषयमा आ आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रमको मुख्य प्रायोजक युएईमा रहेका सफल व्यवसायी रोम ताङ्गनामी मगर उनकी धर्म पत्नी शान्ति ताङ्गनामी मगर गरेका थिए । उक्त कार्यक्रमको औपचारिक कार्यक्रम सञ्चालन नेमस शाखा युएईका महासचिव होम रजाली मगर गरेका थिए । यस्तै अनौपचारिक सांस्कृतिक कार्यक्रम नेमस शाखा युएईका सांस्कृतिक विभाग प्रमुख तारा सुनारी मगर , नेमस अबुधाबी क्षेत्रीय समितिका सचिव कविता राना मगर गरेकी थिइन् ।
गायक तथा सर्जक नेपाल मगर सङ्घ सांस्कृतिक केन्द्रका महासचिव डोलराज बाह्रघरे मगरले प्रस्तुतिले उपस्थित दर्शकहरूलाई रमाइलो भएको थियो । प्रख्यात थाली नाच नृत्यङ्गाना एलिजिवा पुर्जा पुन मगर ले थाली नाच प्रस्तुति नाच सम्भवतः युएईमै पहिलो पटक गरेकी थिइनन् नेपालबाटै पुगेका लोक दोहोरी गायिका तारा लामिछाने मगर ,स्थानीय कलाकारहरू,मगर पञ्चेबाजा टिमको प्रस्तुति रहेको थियो ।
नेपाल मगर सङ्घ शाखा युएईका प्रमुख संरक्षक टक थापा मगर,उप संरक्षक डोल राना मगर,निवर्तमान प्रमुख सल्लाहकार शिला राना मगर,नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल,ग्लोबल एन आर एन ए एन सि सी युएईका अध्यक्ष पासाङ शेर्पा, समाज सेवी पदम राना मगर , तिल बहादुर थापा,नेमस शाखा युएईका भूतपूर्व उप संरक्षक द्रव्य खुम आले मगर,सुनिता थापा मगर लगायत उपस्थित रहेको थियो ।