logo
  • शुक्रबार, असोज ३० २०८३

वैद्य इनर्जी प्रालिले ‘एथर रिज्टा एस’ सार्वजनिक गर्ने, ९९९ रुपैयाँमै बुकिङ खुला


  • बुधबार, चैत्र ११ २०८२

बुटवल ।
वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक स्कुटर ‘एथर रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार उक्त स्कुटर आगामी चैत १३ मार्च २७ मा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
आज बुटवलका पत्रकार सम्मेलन गर्दे कम्पनीले एथर ब्रान्डप्रति बढ्दो आकर्षण र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण नयाँ मोडलले नेपाली बजारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ ।
‘एथर रिज्टा एस’ नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ, जसले दैनिक प्रयोगमा सहजता, प्रिमियम आराम र किफायती मूल्य प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
ग्राहकहरूले केवल ९९९ रुपैयाँमै स्कुटर बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्तायोग्य हुनेछ । प्रारम्भिक बुकिङ गर्ने ग्राहकहरूले विशेष परिचयात्मक मूल्यको लाभ समेत पाउने वैद्य इनर्जी प्रालि बुटवलका ईसी इन्चार्ज पुजन बस्यालले बताए ।
कम्नपीले प्राविधिक विशेषताअनुसार ‘एथर रिज्टा एस’ले एकपटकको चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिनेछ । फास्ट चार्जिङ सुविधामार्फत छोटो समयमै थप दूरीका लागि चार्ज गर्न सकिनेछ । स्कुटरमा ३४ लिटर अन्डर(सिट स्टोरेज, ८० किमिरघण्टासम्मको गति, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्टजस्ता सुविधाहरू समावेश गरिएका छन् ।

वैद्य इनर्जी प्रालिका अनुसार ‘एथर रिज्टा एस’ चैत १३ गतेदेखि देशभर आधिकारिक रूपमा उपलब्ध हुनेछ र एथर एक्सपिरियन्स सेन्टरमार्फत बिक्री(वितरण गरिनेछ ।
हाल नेपाली बजारमा उपलब्ध स्कुटरहरू करिब ३ लाख २५ हजारदेखि ४ लाख रुपैयाँसम्म पर्ने गरेका छन् । तर, नयाँ मोडल भने ३ लाख रुपैयाँभित्रै उपलब्ध गराउने कम्पनीको तयारी जनाएको छ ।

—

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend