logo
  • शुक्रबार, असोज ३० २०८३

राजस्व चुहावटमा ७ करोड बिगो मागसहित मुद्दा दायर


  • बिहिबार, असार १२ २०८२

असार ११
बुटवल ,
नवलपरासी व्यावसायी विरुद्ध राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटमा करिव ७ करोड बिगोदावीसहित मुद्वा दर्ता गरिएको छ।
पश्चिम नवलपरासीको नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसमेत ४ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरीएको हो ।
बुटवलस्थित राजश्व कार्यालयमा प्रमुख विवेक घिमिरेले पश्चिमनवलपरासीको रामग्राम नगरपालिका, वडा नं ८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायमा र अन्य दुई जनालाई कानुन विपरीत कारोबार भएको प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको बताए ।बिक्रेताले ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूअकरमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको दायर गरिएको जनाएको छ।
कार्यालयले सौरभ यादवको हकमा मुअ कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो तीन करोड सड्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा कायम गरी प्रतिवादीबाट बिगो असुल उपर गरी शतप्रतिशत रकम जरिबानासहित हदैसम्मको कैद सजाय र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारीतर्फको एघार लाख एकहत्तर हजार पाँच सय बिगो कायम गरी बिगो जफत गरी शत प्रतिशत रकम जरिबानासहित हदैसम्मको कैद सजाय, प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले आधा सजाय मागदावी र प्रतिवादी विनोद थापालाई राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले जरिवाना माग गर्दै मुद्दा दायर गरिएको जनाइएको राजश्व विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा आज जारी विज्ञप्ती उल्लेख छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend