बुटवल ।
रुपन्देहीमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको ३ लाख भन्दा बढी मूल्यको मोवाईल बरामद भएको छ ।जिल्लाको सिद्धार्थनगर नगरपालिका–१३ स्थितबाट सोही ठाउँमा बस्ने ४० वर्षीय विशाल जैसवालले आफै घरमा भन्सार छल्ली लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनको घरबाट स्क्रिनटच मोबाईल थान–३६ पिस, विभिन्न कम्पनीको सादा मोबाईल थान–१० पिस र पावर वैँक थान–६ पिस बरामद गरिएको उनले बताए ।
ती मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार रहेको प्रहरी प्रवक्ता अर्यालले बताए । आवश्यक कारवाहीको लागी वरामद मोवाईलहरु र विशाल जैसवाललाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend