logo
  • शुक्रबार, असोज ३० २०८३

जब बिमान भारी भयो भन्दै यात्रीलाइ बिमानवाट उतारियो


  • मंगलबार, असार २६ २०८०

लन्डन । एक बेलायती ९युके० एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेको घटनाले एअरलाइन्स दुनियालाइ चकित बनाएको छ ।

किनभने विमान ुधेरै भारीु भएको भन्दै ती यात्रीलाइ बिमानबाट उतारिएको थियो । यो घटना गत जुलाइ ५ को हो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि बिमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले ुअप्ट आउटु गर्न भने।

बेलायती अनलाइन पत्रिका ‘इन्डिपेन्डेन्ट’को रिपोर्ट अनुसार एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । पछि १९ जनाले आफैं उडान छोड्ने निर्णय गरे पछि मात्रै बिमानले उडान भरेको थियो ।

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठूला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन्। यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वेच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौं, जुन यस अवसरमा पनि भयो।

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठूलो प्राथमिकता मानिएकाले उनीहरूलाइ उतारिएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend