logo
  • शुक्रबार, असोज ३० २०८३

दाङमा सरकारी गाडीको ठक्करबाट २ जना घाइते, चालक फरार


  • सोमबार, साउन १५ २०८०

दाङ ।

दाङको देउखुरीमा सरकारी गाडीको ठक्करबाट दुई जना घाइते भएका छन। घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका–३ निवासी ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका–९ तेलिया निवासी ४९ वर्षीय भीमबहादुर कुमाल रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते दुबैजनाको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा २ झ ४५४६ नम्बरको सरकारी स्कार्पियो गाडीले पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई हसनापुर जाने चोक नजिकै ठक्कर दिएको थियो । उक्त सरकारी गाडीको चालक फरार रहेकोले गाडी कुन कार्यालयको हो भन्ने बारे जानकारी हुन सकेको छैन।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend