काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन्।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend