logo
  • शुक्रबार, असोज ३० २०८३

अर्थ मन्त्रालयमा अब सीसीटीभी क्यामेराको दृश्य ९० दिनसम्म सुरक्षित रहने


  • आइतबार, साउन १४ २०८०

१४ साउन, काठमाडौं । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ । अब यस सीसीटीभीले जडान गरेको दृश्य ९० दिन सम्म रहने छ ।

यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो ।

सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो ।मन्त्रालयको यो भनाइको समेत ठूलो आलोचना भएको थियो । अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend