logo
  • शुक्रबार, असोज ३० २०८३

सुनचाँदीको मूल्य बढ्यो


  • आइतबार, साउन १४ २०८०

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो ।यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend