logo
  • शुक्रबार, असोज ३० २०८३

चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • शुक्रबार, साउन १२ २०८०

१२ साउन, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend