बुटवल, असोज २८ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देउवा पक्षले रुपन्देही क्षेत्र नम्बर २ मा दीपक खनालको अध्यक्षतामा नयाँ क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।
अधिवेशनबाट भरथरी यादव, गोविन्द केसी, नरेन्द्र क्षेत्री, नरेश क्षेत्री र किरण गौतमलगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि डा। दामोदर भुसाल, जिल्ला संयोजक गुडाखर भुर्तेल, युवा नेता विष्णु पोखरेललगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरूले नेपाली कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउँदै आगामी महाधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पार्टी संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच आपसी सहकार्य र एकता आवश्यक रहेको बताएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend