बुटवल, असोज १० । लगातारको वर्षापछि नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० को सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने पारी सुस्तामा बाढी पस्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् पारी सुस्ताको थारु टोल, मुसहर बस्ती र पहाडी टोलमा पानी पस्न थालेपछि स्थानीयहरू वारी सुस्तामा प्रहरी कार्यालय नजिकै निर्माण गरिएको आश्रय स्थलमा आएका हुन्।
सुस्ता बचाउ अभियानका सहसंयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खालेका अनुसार पारी सुस्ताका बासिन्दालाई लक्षित गरी आश्रय स्थल यसअघि नै निर्माण गरिएको थियो। लगातार वर्षाका कारण डुबान हुन थालेपछि अहिले स्थानीयहरू त्यही आश्रय स्थलमा आउन थालेका छन्।
‘घरभित्र पानी पस्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा आउन थालेका छन्,’
उनका अनुसार थारु टोलमा मात्रै करिब ७८ घर रहेका छन्। त्यहाँका साथै अन्य टोलका बासिन्दासमेत बाढीको जोखिम बढेपछि आश्रय स्थलमा आएका छन्।सुस्ता बचाउ अभियानका प्रवक्ता रविद्र जैवालले लगातार पानी परेको स्थानीयहरू त्रसित भएको बताए ।