काठमाडौं । सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ ।
घटनाको छानबिनका लागि मधेस प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली बनेको हो । समिति प्रहरी निरीक्षक यज्ञराज जोशी र असई गोबिन्द झा सदस्य छन् ।
सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएको छ ।
बिहीबार सिरहामा प्रदर्शनका क्रममा वडाध्यक्षको घर र निजी सम्पत्तिमा आगजनीसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।
बिहीबार साँझ करिब २० राउण्ड टियर ग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend