logo
  • शुक्रबार, असोज ३० २०८३

पोखरा अवलोकन भ्रमणका नाममा होराइजन जिविएसद्वारा विद्यार्थी माथि आर्थिक शोषण


  • शनिबार, साउन २ २०८३

बुटवल । तिलोत्तमा डाइभरटोल स्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालय (जिविएस) ले विद्यार्थीहरुसँग मनोमानि दोहोरो शुल्क असुल गरेर आर्थिक शोषण गरेको पाइएको छ । कक्षा १२ मा होटल म्यानेजमेण्ड संकायमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दबाब दिएर अनिर्वाय रुपमा होटल अवलोकन गर्नुपर्ने भन्दै दोहोरो शुल्क लिएको पाइएको हो ।

विद्यालयले म्यानेजमेण्टमा अध्ययनरत गर्ने विद्यार्थीहरुसँग ल्याब तथा प्रराटिक्ल शुल्क बाफत एकमुष्ट २५ हजार लिने गर्छ । तर, ल्याबका लागि एकै पटक शुल्क लिएता पनि थप शुल्क लिएर होटलमा अवलोकन गराउने गरेको खुलेको छ ।

विद्यालयले यही शुक्रबार (असार २६ गते) विद्यार्थीहरुलाई अवलोकनका लागि भन्दै चर्को शुल्क असुल गरेर पोखरा लगेको थियो । अवलोकनका लागि भन्दै लगेता पनि विद्यालयले सामान्य औपचारिकता मात्रै पुरा गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

अवलोकनका लागि भनेर ६ हजार शुल्क लिएता पोखराको माउण्टेड होटलमा सामान्य अवलोकन तथा एक रात त्यही बसालेर अर्को दिन शनिबार सामान्य खाना खुवाई राति पाल्पाको सितल फर्ममा खाना खुवाएर रातीको २ बजे त्यहाँबाट हिडेर विहान ५ बजे बुटवल ल्याएर अलपत्र पारेको विद्यार्थीहरुले गुनासो गरे ।

पोखरामा १२१ जना विद्यार्थीहरु गएको एक विद्यार्थीले बताए । ‘हामीलाई पोखराका विभिन्न स्थान अवलोकन गर्ने भनेर बुटवलबाट लगेका थिए । तर, हामीलाई यहाँबाट शुक्रबार साँझ लगिएको थियो, हामीलाई आइतबार विहान ५ बजे नै बुटवल ल्याएर छाडिएको हो,’ एक विद्यार्थीले भने । भर्नाको बेलामा विभिन्न होेटल र ल्याबको शुल्क भनेर एकमुष्ट २५ हजार लिएता पनि अहिले भने रुपन्देहीकै होटलको भिजिट गर्दा समेत चर्को शुल्क असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

यता व्यवस्थापन संकायका कोर्डिनेटर रुद्ध भुसालले होटल म्यानेजमेण्ट अध्ययनरत विद्यार्थीहरुसँग भर्ना शुल्क ११ हजार, मासिक शुल्क ५५ सय र ल्याब तथा प्राटिक्ल शुल्क वाफत एक मुष्ट २५ हजार शुल्क लिने गरेको बताए । २५ हजार शुल्क वाफत विद्यार्थीहरुलाई महिनामा ४ पटक प्रराटिक्ल र विभिन्न होटलमा अध्ययन अवलोकन गर्ने गराउने गरेको बताए ।

विद्यार्थीहरुसँग पोखरा जाँदा शुल्क लिएको बारेमा आफुलाई जानकारी नभएको बताए । ६ हजार लिएर विद्यार्थी पोखरा ल्यौजाने नेतृत्व भने उपप्राचार्य इन्द्र भुसालले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend