logo
  • शुक्रबार, असोज ३० २०८३

विष्णु पौडेलसँग कारोबार देखिएपछि बुटवलका शशी शर्मा पक्राउ


  • मंगलबार, असार ३० २०८३

बुटवल। प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले शर्मालाई मंगलबार पक्राउ गरेको हो ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसित कारोबार देखिएपछि उनी पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको हो । पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौँपटक तीन दिनको म्याद थप गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend