बुटवल, आषाढ १२
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा व्यवस्थापन समुह अन्तरगत होटल व्यवस्थापन, कानुन र शिक्षा समुहमा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक शुक्रवार सम्पन्न भएको छ ।
उक्त अवशरमा रुपन्देही जिल्ला प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले विद्यार्थीहरुको भविष्यका लागि विद्यालयको वातावरण र विद्यार्थीहरुको मेहनत महत्वपूर्ण हुने कुरामा जोड दिदै हामीहरुले हाम्रो समाजमा भएका गतिविधि तथा क्रियाकलाप ठिक छन् छैनन् छैनन् भने पनि आफु सच्चिने र आफु ठिक हुनु आवश्यक भएको र विभिन्न सामाजिक सन्जाल प्रयोग गर्दै अहिलेका युवाहरु कुलतमा फसेर घर परीवारनै बर्वाद भएको डिप्रेसनमा गएको र अर्को तर्फ लागु औषधि सेवन गरेर सवारी साधन चलाएर दुर्घटना हुन सक्ने भएकोले विद्यार्थीहरुले समाजका विकृति तथा विसङ्गति हटाउन पहल गर्नु पर्ने बताउनु भयो ।
डेडीज किचनका डाइरेक्टर कमल जङ्ग कुँवरले कुनै पनि काम ठुलो सानो नभनी निरन्तर अनुशासित भएर समाजले के भन्छ भन्दा पनि आफुलाई के गर्ने के बन्ने भन्ने सुनिश्चितता गरी दिर्घकालिन रुपमा लागेमा प्रत्येक मानिस सफल हुन्छन भन्ने उत्प्रेरणात्मक प्रस्तुति गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका भौतिक, आर्थिक, व्यवस्थापकीय र शैक्षिक पक्ष तथा समस्याहरुका सम्बन्धमा धारणा राख्नु भएको थियो विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता २०८३ अनुशासन, पठनपाठन, परीक्षा लगायतमा सहजीकरण गर्नु भएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा कक्षा १२ व्यवस्थापन समुहकी विद्यार्थी ऋतिका चौधरीको संचालनमा सम्पन्न भएको थियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend