बुटवल । बुटवल १५, ढवाहा, स्थित, वेस्टर्न मेगा कलेजले आफ्नो नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको थप परिपूर्तिका लागि कलेजद्वारा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको र कलेजले आफ्नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उतरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने निति अवलम्बन गरेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराए ।
उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्र ६५ पिन्ट रगत संकल्न भएको थियो । उक्त रक्तदान कार्यक्रमअतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चा तथा रक्तदान कार्यक्रमसंयोजक उषा खरेलको संयोजकतामा सम्पन्न भएको थियो ।साथै कार्यक्रममा कलेजमा कार्यरतशिक्षक, कर्मचारी तथा कलेजका अध्यक्ष श्री मेघनाथ पन्थ ज्यू लगाायत संचालक समितिको समेत उपस्थिती रहेको थियो ।
यस कलेजमा स्नातक तहमा ४ बर्षे विआएछि तथा विएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमविए अध्यापन गराईने र वर्ष २०८३ को भर्ना खुलेको कलेजले जानकारी गराएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend