काठमाडौं । नेपालले टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा आफ्नो स्थानमा सुधार गरेको छ । आजको नयाँ अपडेटअनुसार नेपाल १६ औँ स्थानबाट १५ औंमा उक्लिएको हो ।
आइसीसीले निकालेको वरियता सूचीमा नेपालले स्कटल्यान्डलाई पछि पारेको छ । स्कटल्यान्ड १६ स्थानमा धकेलिएको छ । अब नेपालभन्दा अगाडि दुईवटा मात्रै एसोसिएट्स राष्ट्र अमेरिका र नेदरल्यान्ड्स छन् ।
टी-२० आइ विश्व वरियतामा भारत पहिलो स्थानमा रहेको छ भने १२ स्थानसम्म टेस्ट राष्ट्रहरू छन् ।
नेपालभन्दा पछि स्कटल्यान्ड १६ औँ, नामिबिया १७ औँ र यूएई १८ औँ स्थानमा रहेका छन् । १९ औँ र २० औँ स्थानमा क्रमशः ओमान र क्यानाडा छन् ।
पछिल्ला टी-२० म्याचहरुमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । हालै भएको एसियन गेम्स क्वलिफायरमा नेपाल विजेता बनेको थियो । नेपालले खेलेका पछिल्ला ७ टी-२० म्याचमध्ये ६ वटामा जित हासिल गरेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend