logo
  • शुक्रबार, असोज ३० २०८३

महिनावारीको झन्झट र पीडाबाट बच्ने उपाय खोज्नुपर्छ


  • शुक्रबार, साउन १२ २०८०

महिनावारी हुँदै भएन भने के होला ? केही पनि हुँदैन । बरु महिलाहरुले जुन पीडा र झन्झट भोगिरहेका छन् त्यसबाट मुक्ति पाउँछन् ।अब प्रश्न उठ्न सक्छ, महिनावारी आफैंमा प्रकृतिक प्रक्रिया हो । यसलाई रोक्नु कसरी उचित हुन्छ ? महिनावारी नहुँदा महिलाको स्वास्थ्यमा कुनै हानि गर्दैन ? के महिनावारी हुनै नदिन सम्भव छ ?

के हो महिनावारी ?

आम बुझाइ के छ भने महिनावारी भनेको पाठेघरमा जम्मा भएको खराब रगत बग्ने प्रक्रिया हो । तर यो गलत हो । महिनापिच्छे महिलाको पाठेघरको भित्री तह बन्छ । सो तहले निषेचन नभएको अण्ड नपाएपछि टुक्रिन्छ र त्यससँगै रगत बग्छ । यसैलाई हामी महिनावारी भन्छौं ।

के महिनावारी जरुरी छ ?

महिनावारी हुनुको एउटै अर्थ हो, गर्भधारणका लागि तयारी । सन्तान जन्माउनका लागि महिलाको शरीरमा यस्तो प्रक्रिया जारी रहन्छ । सामान्यतया यो २८ दिनदेखि ३२ दिनभित्रको चक्रमा हुन्छ । अर्थात् कसैलाई हरेक २८ दिनमा महिनावारी हुन्छ भने कसैलाई ३२ दिनभित्रमा । त्यसबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुन सक्छ, जसलाई महिनावारी गडबडी भनेर बुझिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend