बुटवल । बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीका अमृत बेल्वासेको मृत्यु भएको छ ।
मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं.१३ सालघारी चोक बेलबास स्थित पुर्व पश्विम राजमार्गमा काकरभिट्टा देखि महेन्द्रनगर तर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकलाई ठक्कर दिएको थियो । प्रदेश१-०१-००१ ख ४२२३ नं।को बसले बिपरित दिशा तर्फ बाट आईरहेको बा ८७ प ३४९९ नंम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका ४ , ठाडा, वर्बोट का ३० वर्षीय अमृत बेल्वासेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका बेल्वासेलाई घटना लगत्तै एडमण्डसिटि अस्पताल जितगढि लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend