logo
  • शुक्रबार, असोज ३० २०८३

नविन माविमा विद्यार्थीलाई विपद् सम्बन्धी प्रशिक्षण


  • मंगलबार, जेष्ठ १२ २०८३

बुटवल, जेठ १२ ।
तारादल गण रामनगर ब्यारेक बुटवलको आयोजनामा बुटवल ११ स्थीत नवीन औद्योगिक कदर बहादुर रिता माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई विपद् सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षणमा विपद् तथा प्राकृतिक विपद्का विषयमा जानकारी गराउँदै ज्वालामुखी, भूकम्प, चट्याङ, बाढी र पहिरोबारे सहजीकरण गरिएको थियो । त्यसैगरी मानव सिर्जित विपद्अन्तर्गत युद्ध, आणविक तथा औद्योगिक विस्फोट, दुर्घटना र आगलागीका कारण तथा त्यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।

प्रशिक्षणका क्रममा बाढीका प्रकार, बाढी उद्धारमा अपनाउनुपर्ने सावधानी, पानीको बेग, छाल, फोहोर तथा पानीले बगाएर ल्याउने वस्तुबाट हुने जोखिमबारे जानकारी गराइएको थियो । साथै भूकम्प आउनुअघि अपनाउनुपर्ने सतर्कता, भूकम्पको समयमा र त्यसपछिका सुरक्षात्मक उपायबारे पनि प्रशिक्षण दिइएको थियो
त्यसैगरी चट्याङको परिचय, प्रकार तथा चट्याङबाट बच्ने उपायहरूबारे जानकारी गराउनुका साथै प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
तारादल गण रामनगर ब्यारेक बुटवलका उपसेनानी शिला गुरुङ नेतृत्वको टोलीले सहजीकरण तथा अभ्यास गराएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend