logo
  • शुक्रबार, असोज ३० २०८३

हिजोभन्दा आज, आजभन्दा भोलि थप गर्मी बढ्ने


  • मंगलबार, जेष्ठ ५ २०८३

काठमाडौं । देशका केही स्थानमा आज उच्च गर्मी हुनेछ । अधिकतम तापक्रम बढ्ने पूर्वानुमान रहेको छ । पूर्व नेपालभन्दा मध्य तथा पश्चिम नेपालमा गर्मी धेरै हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी  प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend