रुपन्देही। नेपाली काँग्रेस रुपन्देही जिल्ला कार्यसमितिले उपसभापति डा. अनिता ढुङ्गाना शाहको राजीनामा सर्वसम्मत स्वीकृत गरेको छ ।
सोमबार बसेको जिल्ला पदाधिकारी बैठकले शाहको राजिनामालाई स्वीकृत गर्ने निर्णय गरेको हो । काङ्ग्रेस रुपन्देहिका सभापति रामकृष्ण खाणले डा शाहको राजिनामा स्वीकृत गरि अनुमोदनकालागी पदाधिकारी बैठकमा पेस गरेका थिए ।
पदाधिकारी बैठले उक्त राजिनामा स्वीकृत प्रस्ताव सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको पार्टी सचिव हरि काफ्लेले जानकारी दिए ।
२०७८ मंसिरमा सर्वसम्मत उपसभापति निर्वाचित भएकी उनले जेठ १ गते राजिनामा दिएकी थिइन् । उनी रास्ट्रीय योजना आयोगको पुर्व सदस्य समेत हुन ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend