logo
  • शुक्रबार, असोज ३० २०८३

एमालेले १० महिनामा उल्ट्यायो पूर्वराष्ट्रपति भण्डारीकाे सदस्यतासम्बन्धी निर्णय


  • सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको छ । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता दिने निर्णय गरेको छ ।

यसअघि २०८२ साउन ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले ११औँ महाधिवेशनमा पार्टी नेतृत्वमा आउने तयारी गरेपछि सदस्यता नवीकरण नगर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय सुनाएका थिए ।

भण्डारीको सदस्यता नवीकरण नगर्ने ओलीको निर्णयसँगै कतिपय नेताहरूले नेतृत्वको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए । विरोधमा उत्रिएका अधिकांश नेता अहिले केन्द्रीय कमिटीमा समेटिएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend