logo
  • शुक्रबार, असोज ३० २०८३

फेवातालमा कायकिङ गरिरहँदा हावाहुरी, दुईजनाको उद्धार


  • शनिबार, जेष्ठ २ २०८३

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६, पामेस्थित फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका दुईजनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो ।

शनिबार (जेठ २) अपराह्न करिब १६ः३५ काठमाडौंको सिनामंगलका ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरी फेवातालमा कायकिङ गरिरहेका थिए । त्यही बेला अचानक आएको तीव्र हावाहुरीका कारण उनीहरू तालको बीचमा फसेका थिए ।

उनीहरूको उद्धारका निम्ति सशस्त्र प्रहरीका १० जनाको विशेष टोली परिचालन गरिएको थियो । टोलीले तालमा फसेका दुवैजनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend