logo
  • शुक्रबार, असोज ३० २०८३

सफा, सुन्दर बुटवल अभियानमा सक्रिय धर्मविर खत्री


  • शनिबार, जेष्ठ २ २०८३

बुटवल, जेठ २ ।
गुल्मीको चारपालमा जन्मिएका धर्मविर खत्रीको कर्मथलो भने बुटवल बनेको छ । २०५५ सालदेखि बुटवलमा व्यापार–व्यवसायसँगै समाजसेवामा सक्रिय खत्री पछिल्लो समय “सफा, सुन्दर बुटवल, हाम्रो साझा अभियान” मार्फत नगर सरसफाइ अभियानमा निरन्तर जुटिरहेका छन् ।गुल्मी बाट बुटवल आएका खत्री Lions Club of Butwal City का पूर्व अध्यक्ष समेत हुन् । पछिल्लो एक दशकदेखि उनले बुटवललाई सफा र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्दै आएका छन् ।

“सफा बुटवल, सुन्दर बुटवल हाम्रो साझा अभियान “यो केवल एउटा नारा होइन, हाम्रो पहिचान हो, हाम्रो गर्व हो, र हाम्रो साझा सपना हो।हाल बुटवल महानगरपालिका–११ को कलिका नगरस्थित नमस्ते टोलमा बसोबास गर्दै आएका खत्रीले एक दशकअघि आफ्नै टोलबाट सरसफाइ अभियान सुरु गरेका थिए । अहिले वडा नं. ११ अन्तर्गत रहेका ६१ वटा टोल समितिमध्ये छनोट भएर उनी “सफा, सुन्दर बुटवल, हाम्रो साझा अभियान” का संयोजक बनेर काम गरिरहेका छन् ।

खत्री अनुसार टोल–टोलमा पुगेर सरसफाइ गर्ने, डस्टबिन वितरण गर्ने, फोहर व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउने काम निरन्तर भइरहेको छ । अभियानमा स्वयंसेवी रूपमा सहभागी हुने समूहले फोहर व्यवस्थापनका उपकरणसहित कर्मचारी परिचालन गर्ने तथा स्थानीयलाई उत्साह प्रदान गर्ने कार्य गर्दै आएको छ ।उनले जथाभावी फोहर फाल्दा टोलको सुन्दरतासँगै जनस्वास्थ्यमा समेत असर पर्ने भएकाले सफा टोल सभ्य समाजको आधार भएको बताए । “हाम्रो शहर सफा राख्ने अभियान निरन्तर चलिरहेको छ, यसलाई बुटवलका सबै ठाउँसम्म पुर्‍याउने लक्ष्य छ,” उनले भने ।सफल व्यवसायीसमेत रहेका खत्रीलेअमेरिका सहित आधा दर्जन देशको भ्रमणपछि विदेशमा फोहर व्यवस्थापन व्यवस्थित देखेर आफू प्रभावित भएको बताए ।उक्त संस्थालाई बुटवल नगरपालिकाले समेत सम्मान गरेको थियो ।“विदेशमा फोहर व्यवस्थापन सहज र व्यवस्थित देखिन्छ, हाम्रो ठाउँमा किन लथालिङ्ग ? भन्ने सोचले यो अभियानमा लागें,” उनले बताए ।अभियान सञ्चालनका लागि संस्थाले फोहर व्यवस्थापनका कर्मचारीसमेत राखेको छ । टोल समितिसँग समन्वय गरेर कहिले कुन टोल त कहिले अर्को टोलमा पुगेर सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend