logo
  • शुक्रबार, असोज ३० २०८३

पहिलो पाइला नेपाल बुटवलको अध्यक्षमा गौरव खनाल


  • आइतबार, बैशाख २७ २०८३

बुटवल । सामाजिक कार्यमा सक्रिय पहिलो पाइला नेपाल बुटवलको अध्यक्षमा गौरव खनाल चयन भएका छन् । शनिबार भएको छौटोँअधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्धितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल र सहकोषाध्यक्षमा प्रकाश जिसि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अन्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनको वरिष्ठ पत्रकार टिकाराम यात्रीले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै यात्रीले पहिलो पाहिला नेपालले गरेका कामको प्रशंसा गर्दै निरन्तर रुपमा सामाजिक काममा लाग्न समेत आग्रह गरे ।

साथै यात्रीले  छिट्टै चर्चित हुने महत्वकाक्षा राखे छिट्टै पतन हुने भएकाले त्यस्तो सोच राख्न नहुने समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend