logo
  • शुक्रबार, असोज ३० २०८३

दोस्रो वरीयतासहित श्रम संस्कृतिमा भित्रिँदै सुदन, यस्तो छ पद बाँडफाँटको सहमति


  • शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन् । एकताको औपचारिक घोषणा आज दिउँसो हुँदैछ ।

स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।

सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका स्रोतको भनाइ छ ।

जेनजी आन्दोलनपश्चात प्रचण्डले माधव नेपालसहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रलोपामा लागेका थिए । प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीबाट बाहिरिएर हर्कसँग सघन छलफल चलाएका थिए ।

भोजपुरबाट ३ पटक चुनाव जितेका किराती पर्यटनमन्त्रीसमेत बने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend