बुटवल । सडक दुर्घटनामा परी मृत्यु भए भनिएका रुपन्देहीको मायादेवी गाउँपालिकाका २१ वर्षीय विवेक बनियाको दुर्घटना नभई हत्या गरिएको परिवारले दाबी गरेका छन् ।
मृतक बनियाका पारिवारले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि गाडीमा सवार रहेका चालकसहित ४ जनालाई सामान्य चोटपटक समेत नलागेको र आफ्ना छोराको मात्रै मृत्यु हुनु शंकास्पद रहेको बताएका हुन् ।
मृतक विवेकका बुबा बद्री विशाल बनियाले चैत्र १५ गते छोरा बुटवल जान भनि हिडेको र राति तिलोत्तमा १५ मधवलिया स्थित राजर्मागमा घर आउने क्रममा दुर्घटनामा परी मृत्यु भएको भनिएता पनि घटना शंकास्पद रहेको बताए । दुर्घटनामा सवारी साधनमा सवार रहेका अन्य कसैलाई पनि सामान्य चोट समेत नलागेकाले छोराको हत्या भएको मृतक विवेकका बुवा हरिरामले बताए ।
उनका अनुसार गाडीमा सवार जिल्लाको कोटहीमाई गाउँपालिका २ का पूर्व वडाध्यक्षका छोरा २२ वर्षीय कौशल मिश्रा, २५ वर्षीय विरेन्द्र यादव, २४ वर्षीय राजप्रताप चाइ र २२ वर्षका सतेन्द्र मिश्राले हत्या गरेर दुर्घटनामा परी मृत्यु भएको भनेको बताए । छोराको हत्या गर्ने विरुद्ध आफुहरुले जाहेरी दिएता पनि प्रहरीले जाहेरी समेत दर्ता नगरेको उनको भनाई रहेको छ ।
साथै उनले आरोपित ४ जनालाई तत्काल पक्राउ गरि अनुसन्धान गर्न समेत माग गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) निशान्त श्रीवास्तवले भने प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । गाडी चालक प्रहार रहेकाले चालक पक्राउ पर्ना साथ घटनाको वास्वविक तथ्य खुल्ने प्रहरी प्रमुख श्रीवास्वतले बताए ।
उनले प्रहरीले जाहेरी नै दर्ता गर्न मानेन भन्ने कुरामा सत्यता नरहेको र सवारी दुर्घटनाको जाहेरी दर्ता भइसकेको बताए ।
गाडीमा सवार भएका ४ जनाहरु प्रहरीको निगरानीमा नै रहेको र थप प्रमाण भेटिएको खण्डमा कानुन बमोजिम कारवाही प्रक्रिया बढ्ने समेत डिएसपी श्रीवास्तवले बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend