logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा.विष्णु गौतम नियुक्त


  • मंगलबार, बैशाख ८ २०८३

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा। गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए । अस्पतालको व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ।

डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस ९जहेस० समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend