बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले २७४ मत ल्याई विजयी भएका हुन् । अध्यक्ष पदका उनका निकटतम प्रतिद्वन्धि पंकज राईले २२६ मत मात्र प्राप्त गरे भने अर्का प्रतिशपर्धि प्रताब बहादुर कार्कीले १६४ मत प्राप्त गरे ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरेले ४४९ मतसहित विजयी भए । खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी हुँदा उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८० तथा काठमाडौं उपाध्यक्षमा युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी भए ।
सचिवमा ढुण्डीराम गैरेले ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेलले ३७८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा किशोर पंगेनीले ४३२, खिमप्रसाद भुसालले ३९०, खेमलाल पौडेलले ३७०, प्रदीप पन्थीले सर्वाधिक ४४८, प्रेम विक ३२६, विकास अग्रहरी ३३२, विकास शर्मा आचार्य ३२०, बेलबहादुर ३७५, भोजराज भुसाल ३४० र सुरज गुप्ताले ३१३ मत प्राप्त गरी विजयी भएका छन् ।
यस अघि रुपन्देही उपाध्यक्ष बसन्ती आले र राजकुमार लामा, उपाध्यक्ष नवलपरासी कृष्णबहादुर कंडेल, उपाध्यक्ष कपिलवस्तु, अर्घाखाँची उज्जल केसी, उपाध्यक्ष नवलपुर पर्शुराम भण्डारी ‘रामु’ निर्विरोध निर्वाचित भएका थिए ।