logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलको यातायात व्यवस्था कार्यालयबाट २ जना बिचौलीया पक्राउ


  • बिहिबार, चैत्र १९ २०८२

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना विचौलीयालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेकी छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

प्रहरीले कार्यालयभित्र हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रणका लागि निगरानी कडा बनाएको जनाएको छ । साथै सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन कार्यालयले नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend