logo
  • शुक्रबार, असोज ३० २०८३

दाङमा एक किशोरीको शव वनमा फेला


  • सोमबार, चैत्र १६ २०८२

दाङ । दाङको बबई गाउँपालिका वडा नं। ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन् ।

साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।

परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend