काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो ।
‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका दीपक खड्काको आज बयान कार्य शुरू भए पनि निजका विरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धानसम्बन्धी कार्यहरू बाँकी नै रहेकोले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend