बुटवल , चैत १३
वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक स्कुटर ‘एथर रिज्टा एस’ आज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त स्कुटर आज देशभर औपचारिक रूपमा सार्वजनिक गरको हो । कम्पनीले एथर ब्रान्डप्रति बढ्दो आकर्षण र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण नयाँ मोडलले नेपाली बजारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ ।
‘एथर रिज्टा एस’ नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ, जसले दैनिक प्रयोगमा सहजता, प्रिमियम आराम र किफायती मूल्य प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । ग्राहकहरूले केवल ९९९ रुपैयाँमै स्कुटर बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्तायोग्य हुनेछ । आज बुटवलमा पनि सोही अनुसार सार्वजनिक गरेको छ। वैद्य इनर्जी प्रालि बुटवलका ईसी इन्चार्ज पुजन बस्यालले बुटवल सार्वजनिक गरेका हुन् । कम्नपीले प्राविधिक विशेषताअनुसार ‘एथर रिज्टा एस’ले एक पटकको चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिनेछ । फास्ट चार्जिङ सुविधामार्फत छोटो समयमै थप दूरीका लागि चार्ज गर्न सकिनेछ । स्कुटरमा ३४ लिटर अन्डर९सिट स्टोरेज, ८० किमिर घण्टासम्मको गति, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्ट जस्ता सुविधाहरू समावेश गरिएका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend