logo
  • शुक्रबार, असोज ३० २०८३

फोहोरबाट मोहोरमा नोलै कार्य ः फोहर प्लास्टिक परिमार्जन गरी इँटा उत्पादन , मेयर पाण्डेय के भन्छन् 


  • शुक्रबार, चैत्र १३ २०८२

बुटवल, चैत १३
रुपन्देहीको बुटवल उपमहानगरपालिका फोहर व्यवस्थापनको लागि नौलो कार्य थालनी गरेको छ ।
बुटवलमा फोहोर व्यवस्थापनलाई आधुनिक र आयमुखी बनाउने उद्देश्यसहित फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरबाट मोहोर कमाउने अभियान सुरु गरिएको छ।
सहकारीमार्फत समुदायलाई एकीकृत गर्दै प्लास्टिकजन्य फोहोरबाट ब्लक(इँटा)उत्पादन थालिएको हो।
बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाबाट बुटवलको शिव नगर सामुदायिक वनमा अहिले दैनिक फोहर लैजाने र त्यहाँ कर्मचारीहरूले प्रसोद्धन गरी सहकारीको आय आर्जनसँग जोडेका छन्।
बुटवल उपमहानगरपालिका,शिव नगर वन उपभोक्ता समिति र सहकारीको सहकार्यमा वडा नं. ७ र ८ को फोहोर व्यवस्थापन गर्दै आएको गत वर्षदेखि व्यवीथापनको सुरुवात गरिएको थियो।
यी वडाबाट सङ्कलित फोहोर प्रशोधन गरी कुहिने फोहोरबाट कम्पोस्ट मल र नकुहिने प्लास्टिकबाट ब्लक उत्पादन सुरु गरिएको गरेर अहिले बजार देखिन फोहरलाई उपयुक्त व्यवस्थापन गरिएको छ।
प्रशोधन केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकाले संरचना(ट्रस) निर्माण गरिदिएको छ भने युएनडिपीर कोकाकोला फाउन्डेसनले फोहोर छुट्ट्याउने तथा प्लास्टिकबाट इँटा उत्पादन गर्ने मेसिन उपलब्ध गराएका छ ।
बुटवलमा यसअघि एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालन हुने भनिएको योजना असफल बनेपछि नयाँ साझेदारीमार्फत काम अघि बढाउँदै फोहर व्यवस्थापनको अन्य ठाउँमा भन्दा फरक पनि दिएको हो।

बुटवल वडा नं. ७ का सदस्य सन्दीप खनालका अनुसार रिसाइक्लिङ उद्योगमा प्रयोग हुन नसक्ने सुर्ती, गुट्खा, चाउचाउका प्लास्टिकजस्ता फोहोरबाट पनि ब्लक उत्पादन गर्ने नयाँ अभ्यास सुरु गरिएको बताए ।
अन्य फोहोर जस्तै प्लास्टिक, बोतल,आल्मुनियम,फलाम र रबर भने प्रशोधनपछि पुनः प्रयोगका लागि उद्योगमा बिक्री गरिँदै आएको छ।
के भन्छन्  ः नगर प्रमुख पाण्डेय
बुटवलमा फोहर व्यवस्थापनको चुनौती वर्षेदेखि समस्या हो। किनकि नगरपालिका वर्षेदेखि डम्पीङ्ग साइट निर्माणको प्रक्रिया अगाडि बढाए पनि विभिन्न कारणले  सम्पन्न भएको छैन त्यो अवस्था नगरपालिका  स्थानीयलाई समुदायलाई सहकारीका माध्यमबाट उत्पादन भएको फोहर व्यवस्थापन र त्यसबाट रोजगारी तथा आम्दानी जोड्ने काम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।


फोहोर व्यवस्थापनमार्फत बुटवललाई सफा, स्वच्छ र आकर्षक बनाउनुका साथै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए।
उनले समुदायमा आधारित फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने विश्वास नै नगरपालिका अगाडि बढेको बताए।यहाँ शिव नगर सामुदायिक वनभित्र १० बिगाहा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको उल्लेख गर्दै भविष्यमा प्रशोधन केन्द्रसँगै पार्क निर्माण गर्ने योजना रहेको बताए ।  बुटवलमा दैनिक करिब ७७ टन फोहोर उत्पादन हुने गरेको छ, जसमा करिब १५ प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ।
हाल वडा नं. ७ र ८ बाट दैनिक १५ टन फोहोर यही प्रशोधन केन्द्रमार्फत व्यवस्थापन भइरहेको छ।
हाल ३६ जनाले रोजगारी पाएको यस केन्द्रलाई सबै १९ वडामा विस्तार गर्दा करिब ४ सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको उनले खुलाए।
मेयर पाण्डेयले बुटवलको यो प्रयोग नेपालका अन्य सहरहरूका लागि एउटा पाठ  भएको दाबी गर्दे फोहोर समस्या होइन सही व्यवस्थापन गर्ने गर्दा एउटा ठुलो सम्भावना रहेको बताए।बुटवलका सडकमा जब प्लास्टिकका इँटाहरू बिछ्याइनेछन्,तब तिनले दुर्गन्ध होइन,आत्मनिर्भरता र सृजनशीलताको नौलो काम देखाउने विश्वास व्यक्त गरे। प्राय ःसहकारीहरुले नियमित बचत तथा क्रृण प्रवाह गरिहरेका हुन्छन् ।सहकारी भनेको नाफामुखी मात्र नभई सहकार्य,समानता र सामूहिक हितमा आधारित संस्था पनि रहेको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले रूपमा आफूलाई परिचित बनाएको छ ।
“एक घर, एक सदस्य” अभियान अन्तर्गत १ हजारदेखि ५ हजार रुपैयाँसम्म सेयर राख्न सकिने व्यवस्था गरिएको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend