logo
  • शुक्रबार, असोज ३० २०८३

यस्तो छ सभापति गगन थापाले प्रस्ताव गरेको काँग्रेसको महाधिवेशनको कार्यतालिका


  • मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले पार्टीको १५औं नियमित महाधिवेशनको तलिका प्रस्ताव गरेका हुन् ।

जसअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने प्रस्तव गरिएको छ । सभापति थापाले बैशाख महिनामा देश भर क्रियाशील सदस्य अध्यावधिक गर्ने बताउदै महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।

प्रस्तावित कार्यतालिकाअनुसार ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।त्यस्तै साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न प्रस्ताव गरिएको छ । त्यसैगरी जिल्ला अधिवेशन भदौ ६ र ७ गते र प्रदेश अधिवेशन भदौ १५ र १६ गते गर्न प्रस्ताव गरिएको छ ।

यो कार्यतालिका पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सभापति थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend