logo
  • शुक्रबार, असोज ३० २०८३

६१ ठाउँको मतपेटिका हेलिकोप्टरबाट संकलन हुने, मतगणनामा तारजाली र सीसीटीभी


  • बुधबार, फाल्गुन २० २०८२

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ताप्लेजुङसहित ६१ स्थानको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने जानकारी दिए । उनका अनुसार हुम्ला र डोल्पाका २७ स्थानमा मतपत्रलगायत निर्वाचन सामग्री, कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरमा पठाइएको छ ।

सचिव राउतले ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले मतगणनास्थलको सुरक्षा व्यवस्था पनि मिलाइएको बताए । उनका अनुसार मतगणनास्थलमा तारजाली र सीसीटीभीलगायतको सुरक्षा प्रबन्ध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend