काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भइसकेको बताएका छन्।
इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनीको निधन भएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनीको मृत्युको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन्।
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए। आइतबार बिहान सबेरै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए।
ट्रम्पले लेखेका छन्, “इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनेई अब जीवित छैनन्।”
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend