logo
  • शुक्रबार, असोज ३० २०८३

डा   निकोलस  भुसालको  चुनावी अभियान तीव्र 


  • बुधबार, फाल्गुन १३ २०८२

बुटवल, फागुन १३
रुपन्देही क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा जेएनजीको जुत्ता’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका डाक्टर निकोलस भुसाल  चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनले  घर दैलो  तथा अन्य चुनावी गतिविधि तीव्रता दिएका छन्।
स्वतन्त्र साझा अभियान नेपाल  यो क्षेत्रमा डा भुसाललाई समर्थन गरेको जनाएको छ।
अभियानका अनुसार देशमा दिगो विकास, सुशासन कायम, भ्रष्टाचार निर्मूल तथा समग्र विकास र निकासका लागि कुनै एक राजनीतिक दलले स्पष्ट बहुमतसहित पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न आवश्यक छ।


अभियानले वर्तमान मिश्रित निर्वाचन प्रणालीबाट स्थिर र बहुमत सरकार बन्न कठिन रहेको दाबी गर्दै मुलुकलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा रूपान्तरण गरिनुपर्ने बताएको छ। आगामी निर्वाचनको सन्दर्भमा अभियानले  अभियानका अनुसार डा भुसालले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको हुँदा उनलाई समर्थन गरिएको जनाएको छ। अभियानले आफ्नो केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–११ मा स्थापना गरेको जनाएको छ। हाल उक्त कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा सञ्चालन गरिने र आगामी दिनमा यसलाई पूर्ण केन्द्रीय कार्यालयका रूपमा विस्तार गरिने जानकारी दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend