तिलोत्तम । रुपन्देही क्षेत्र नम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका हिराबहादुर खत्रीले अब्यवस्थित सुकुम्बासी बस्तिहरुमा जग्गाधनी प्रमाणपत्र वितरण गर्नेनै आफ्नो अर्जनदृष्टि भएको बताएका छन् ।
उनले आफु देवदह नगरपालिकाको तत्कालीन नगरप्रमुख हुँदा जग्गाधनी पुर्जा दिलाउनकालागि अर्जुनदृष्टि बनाएर काम गरेको स्मरण गर्दै त्यसवेला दु्रत गतिमा अगाडी सारेको जग्गाधनी पुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
रुपन्देही क्षेत्रनम्बर एकको देवदह नगरपालिकाका विभिन्न वडाहरुमा मंगलबार घरदैलो तथा मतदातासँग सुझाव संकलन गर्दै हिड्नु भएका खत्रीले आफ्नो क्षेत्रमा आधाआधी अब्यवस्थित, भुमिहीन सुकुम्बासिहरुको बसोवास रहेकाले उनीहरुलाई कसरी हुन्छ जग्गाको मालिक बनाउने भन्ने चिन्ता आफ्नो रहेको बताए ।
उनले भने, ‘सुकुम्बासी बस्तिमा जग्गाकै कारण ठुलो पुँजी फसेको छ, त्यसलाई आर्थिक रुपमा चलायमान बनाउनु अहिलेको आवश्यकता हो, अब्यवस्थित बस्तिमा पुर्जा विहिनताले आर्थिक चलायमान हुन सकेको छैन, आर्थिक चलायमान बनाउन र जग्गाधनी प्रमाणपत्र दिलाउने कुरामा मेरो अर्जुनदृष्टि रहेको छ ।,’ उनले भने । उनले आफुले तत्कालीन समयमा झण्डै एक हजारलाई पुर्जा वितरण गरेको समेत सुनाए ।
आफु तत्कालीन समयमा देवदहको मेयर हँुदा ठुलो धनराशी, जनशक्ति परिचालन गरेर तिब्र रुपमा काम गरेको उल्लेख गर्दै उनले क्षेत्रभित्र रहेका अब्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिने कुरामा नीतिनै बनाएर काम गर्ने विश्वास ब्यक्त गरे ।
जग्गाधनी पुर्जा प्राप्त गर्न नसकेकाहरुमा धेरै निराशा रहेको बताँउदै जग्गाका सन्दर्भमा जेजस्ता मुद्धाहरु, कानुनी उल्झनहरु रहेतापनि तिनलाई चिर्दै नागरिकहरुलाई सर्व सुलभ दररेटमा जग्गाको धनी बनाउने बाटोमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।
खत्रीले रुपन्देहीको क्षेत्रनम्बर एकका विभिन्न पालिकामा नागरिकसँग प्रत्येक्ष भेटेर जनगुनासो, जनसुझावसँगै आफ्ना योजनाहरु सुनाउँदै हिड्नु भएको निर्वाचन परिचालन संयोजक हरिप्रसाद काफ्लेले बताए ।
उम्मेद्वार खत्री निरन्तर घरदैलो र जनभेटघाटमै रहेकाले आम नगरिकले सडक, ढल, व्यवस्थित सहर, सुशासनमैत्री तीनै तहका सरकारलगायतका विषयहरु उठाएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend